ए डिभिजन : आज तीन खेल हुँदै, काेसँग काे भिड्दैछन् ?
काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् । आज हुने तीन खेल मध्ये दुईवटा खेल दशरथ रंगशालामा हुनेछ भने एक खेल च्यासल मैदानमा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सातदोबाटो युथ क्लब र मनाङ मर्स्याङ्दीबीच पहिलो खेल हुनेछ । सो खेल अपरान्ह दिउँसो ३ बजे सुरु हुनेछ ।
यसैगरी, सोही रंगशालामा नै बेलुका ६ बजे हुने दोस्रो खेल हुनेछ । जसमा थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी, च्यासल मैदान, ललितपुरमा चर्च ब्वाइज युनाईटेड र न्युरोड टिम एनआरटी एक आपसमा आमनेसामुने हुनेछन् । सो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया