ए डिभिजन लिगः सर्वाधिक गोल गर्ने सूचीमा विदेशी खेलाडीकै वर्चश्व

काठमाडौँ- राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगअन्तर्गत अहिले १५ औँ चरणका खेलहरु भइरहेका छन् । १५ खेलमध्ये ७ मा जित, ३ खेलमा बराबरी तथा ५ खेलमा पराजय भोगेको जावलाखेल युथ क्लब २४ अंकसहित शीर्ष स्थानमा छ ।
यता १४ मध्ये समान ६ खेलमा जित तथा ६ खेलमा बराबरी तथा २ खेलमा पराजय भोगेको चर्च ब्वाइज युनाइटेडले २४ अंक जोडेपनि गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । थ्रीस्टार क्लब भने १४ खेलबाट २३ अंक जोड्दै तेस्रो स्थानमा छ ।
१४ टिमको सहभागिता रहेको लिगको शीर्ष ३ मा जावलाखेल, चर्च ब्वाइज तथा थ्रीस्टार क्लब रहेपनि लिगमा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा भने ११ औँ स्थानमा रहेको एफसी खुमलटारका खेलाडी छन् ।
त्यतिमात्र नभएर सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा भने विदेशी खेलाडीहरु अग्रपंतिमा छन् । जारी लिगमा खुमलटारका लागि खेलिरहेका क्यामरुनका मेसुके ओलोमोउले सर्वाधिक १२ गोल गरेका छन् ।
त्यसैगरी, सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा जावलाखेलका एनकोटो मासोअबी र सातदोबाटो युथ क्लबका दिपकराज सिंह ठकुरी रहेका छन् । लिसोथोका एनकोटो र नेपालका दिपकराजले समान १०-१० गोल गरेका छन् ।
मछिन्द्र फुटबल क्लबका नाइजेरियाका अफिज ओलावालेले ९ गोल गर्दा फ्रेन्ड्स क्लबका राफिक अमिनुले ८ गोल गरेका छन् ।
सर्वाधिक गोल गर्ने खेलाडीको पाँचौ स्थानमा भने जावलाखेलका फोडे फोफान रहेका छन् । उनले ७ गोल गरेका छन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया