प्रियंकाले सलमानसँग नखेलेका फिल्म जुन हिट भए

मुम्बई - प्रियंका चोपडा ग्लोबल स्टार बनेकी छिन् । उनको वेब सिरिज सिटाडेल अमेजन प्राइम भिडियोमा विश्वव्यापी रूपमा रिलिज भएको छ, अब उनको हलिउड फिल्म ‘लभ अगेन’ रिलिजको लागि तयार छ। देसी गर्लले यो फिल्मको प्रचार गरिरहेकी छिन् ।
यसरी कुनै समय भारतमा दर्शकको रोजाइमा परेकी प्रियंका चोपडा आज विश्वभर नाम कमाइरहेकी छिन् । हरेक अभिनेताको जीवनमा यस्ता धेरै कम अवसर आउँछन्, जब उसले आफ्नो कुनै बाध्यताका कारण केही प्रोजेक्टलाई छाडनु पर्ने हुन्छ ।
प्रियंका चोपडासँग पनि यस्तै भएको छ । उनले आफ्नो करियरमा धेरै फिल्म अस्वीकार गरेकी छिन् । तर यहाँ हामी ती तीन फिल्मको बारेमा कुरा गर्न जाँदैछौं, जुन भाइजान सलमान खानसँग थिए र रिलिज पछि ब्लकबस्टर पनि हुन पुगे । सलमान र प्रियंकाले अभिनय गरेको 'मुझसे शादी करोगी' सुपरहिट भएको थियो । तर त्यसयता भने सलमानसँगका केही फिल्म गर्छु भनेर छाडेकी थिइन् ।
पहिले सलमान खानको फिल्म भारत (२०१९) को बारेमा कुरा गरौं। यस फिल्मका लागि प्रियंका चोपडालाई फाइनल गरिएको थियो । फिल्मका लागि सबै कुरा तय भइसकेको थियो । तर प्रियंका चोपडाले विवाहको कारण फिल्म छोड्नु पर्ने जनाइन । उनले फिल्मबाट अलग भएको जनाए पछि निकै हंगामा भएको थियो । तर प्रियंकाले प्रायः आफ्नो मनको कुरा सुन्छिन्, र उनले निक जोनससँग आफ्नो जीवन बिताउने आफ्नो निर्णयमा अगाडि बढ्नु उचित ठानिन्।
यति मात्र होइन, साजिद नाडियाडवालाको फिल्म किक (२०१४) मा सलमान खानको अपोजिटमा प्रियंका चोपडा पनि देखिने बताइएको थियो । तर, प्रियंका चोपडाले यो प्रस्ताव अस्वीकार गरिन् । यसको कुनै कारण पत्ता लाग्न सकेको छैन । फिल्ममा प्रियंकाको स्थानमा ज्याकलिन फर्नान्डिसलाई फेरि कास्ट गरिएको थियो र जुन फिल्म पछि आएर ब्लकबस्टर हुन पुग्यो ।
अब कुरा गरौं सलमान खानको फिल्मको जसमा उनी पहलवानको भूमिकामा देखिए र दर्शकको मन जितेका थिए । यो फिल्म सन् २०१६ मा रिलिज भएको ‘सुल्तान’ थियो । यसअघि यो फिल्ममा प्रियंका चोपडालाई कास्ट गर्ने तयारी भइरहेको थियो । तर उनले यो फिल्मलाई अस्वीकार गरिन् । र, सो फिल्ममा अनुष्का शर्मालाई कास्ट गरिएको थियो । यसरी प्रियंकाले सलमान खानसँग अस्वीकार गरेका फिल्महरु ब्लकबस्टर साबित भए । तर, यसैबीच प्रियंका पनि ग्लोबल स्टार भइन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया