आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

सर्लाहीमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

सर्लाही- नवलपुर–मलंगवा सडक खण्डमा गाडीको ठक्करबाट एक जनाको ज्यान गएको छ । सो सडकखण्ड अन्तर्गत हरिपुर नगरपालिका –४, हरैयामा डीजेजडित गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार बीआर ३० ए २७२१ नम्बरको भारतीय गाडीले ठक्कर दिँदा पैदलयात्री चन्द्रनगर गाउँपालिका–१, मोहनपुरका २२ वर्षीय पप्पु बैठाको उपचारको क्रममा मृत्यु भएको हो ।

शुक्रबार साँझ भारतीय नम्बर प्लेटको डीजे गाडीको ठक्करबाट गम्भीर घाइते भएका बैठालाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवामा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको  हो ।