मोदी इनर्जीको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं - मोदी इनर्जीको आईपीओमा आवेदन दिने आज वैशाख २४ गते आइतबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । कम्पनीले वैशाख १९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ७२ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको हो । जसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि २९ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ४ लाख ३५ हजार कित्ता बाँडफाँट गरिसकेको छ ।
त्यस्तै, ३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ भने बाँकी ५९ लाख ९४ हजार ४२० कित्ता सेयर सर्वसाधारणका लागि कम्पनीले उक्त आईपीओ निष्कासन गरेको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।
यस आइपीओलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउने ‘आइआरएन डबल बी प्लास रेटिङ’ प्रदान गरेको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । सर्वसाधारणले सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया