‘ज्याकीः आई एम ट्वान्टी वान’को क्लाइमेक्स परिवर्तन

काठमाडौँ - बिहीबारदेखि प्रदर्शन थालेको ‘ज्याकीः आई एम ट्वान्टी वान’ले क्लाइमेक्स परिवर्तन गरेको जनाएको छ । दर्शकले फिल्मको अन्त्य चित्त बुझ्दो नभएको प्रतिक्रिया दिएपछि निर्माण टिमले अन्त्य परिवर्तन गरेर आइतबार नयाँ फाइल पठाएको छ । पहिलाको अन्त्य अपर्झट भएको र कुनै निष्कर्षमा नपुगेको दर्शक प्रतिक्रिया थियो ।
दर्शकको मागलाई ध्यानमा राखेर निर्देशक रेनशा वान्तवा राईले क्लाइमेक्समा परिवर्तन गरेको बताएकी छिन् । क्लाइमेक्स परिवर्तन गरेर फिल्म हलमा लागेपछि दर्शकले धन्यवाद दिएको रेनशाले बताइन् । उनले भनिन्–‘हामीले दर्शकको मागलाई ध्यानमा राखेर क्लाइमेक्समा परिवर्तन गरेका छौं । परिवर्तित क्लाइमेक्सलाई दर्शकले मन पराउनुभएको छ । क्लाइमेक्समा आएको गुनासोलाई हामीले परिवर्तन गरेका छौं ।’
नायक धिरज मगर, नायिका जसिता गुरुङले पनि अब दर्शकले क्लाइमेक्स रुचाउने बताए । नेपाली फिल्म क्षेत्रमै पहिलो पटक डान्स र पारिवारिक कथावस्तुमा तयार भएको यो फिल्म हेरेपछि अधिकांश दर्शकले निर्माण टिमको मिहिनेतको खुलेरै प्रशंसा गरेका थिए । नेपालमा यस्तो शैलीको फिल्म यस अगाडि नबनेको भन्दै उनीहरुले ‘ज्याकीः आई एम ट्वान्टी वान’ जस्ता फिल्म बन्नुपर्ने तर्क गरेका छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया