नेपाली राजदूतावासको आयोजनामा मनाइयो टोकियोमा बुद्धजयन्ती

टोकियो- २५६७औँ बुद्धजयन्तीको नेपाली राजदूतावास टोकियोको आयोजनामा एक कार्यक्रम सम्पन्न भएको छ । शनिबार राजधानी टोकियोमा आयोजित औपचारिक कार्यक्रममा दिप प्रज्वलन, बौद्ध धर्म मन्त्रोच्चारण, नाचगानसहितको कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जापानको प्रतिनिधिसभाका सदस्य हिरागुची हिरोसीले वर्षौं अघि नेपाल पुगेको सम्झना गर्दै नेपाल जापानको संस्कार खाना र आत्मीयताको बयान गरेका थिए । हिरोसीले नेपालको सगरमाथा र सुन्दर हिमालको चर्चा गर्दै जापान नेपालबीचको आपसी सद्भावको पनि खुलेर कुरा गरे ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै जापानका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले नेपाल र जापानबीचकाे सम्बन्धको कुरा सँगै विश्वमा हिजो भन्दा आज भगवान् गौतम बुद्धका उपदेश सान्दर्भिक र सार्थक बन्दै गएको बताए ।
साथै शान्तिका दुत भगवान् बुद्ध जन्मेको देशका नेपालीले पनि शान्ति, अहिंसा, मानवताका वाणी मनन गर्दै शान्तिको अस्तित्व कायम राख्न प्रयास गर्न अनुरोध समेत गरे । कार्यक्रममा प्रोफेसर सुदन शाक्यले बौद्ध धर्मबारे सामग्री समेत देखाएका थिए । जापानी नागरिक युको ओकामोतोले बौद्ध धर्म अन्तर्गतको नेवार समुदायमा नाचिने चर्या नाच पनि प्रस्तुत गरेकी थिइन् ।
नेपाली राजदूतावास टोकियोका उपनियोग प्रमुख अम्विका जोशी र यशोदा बस्नेतको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जापानी र नेपालीहरूको बाक्लो सहभागिता रहेको थियो ।

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

गैर आवासीय नेपाली सङ्घको एकता महाधिवेशन सम्पन्न

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

प्रतिक्रिया