भोलिदेखि काठमाडौँ महानगरले माइतीघरदेखि बानेश्वरतर्फ र न्युरोड आसपासको तार हटाउने

काठमाडौँ- पोल-पोलमा रहेका अव्यवस्थित तारहरूलाई काठमाडौँ महानगरले भोलि (साेमबार)देखि हटाउने भएको छ । माइतीघरदेखि बानेश्वरतर्फको र न्युरोड गेटदेखि भित्री भागको तारहरू भोलिबाट हटाउने महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।
इन्टरनेट प्रदायक सेवा कम्पनी, नेपाल दूरसञ्चार प्राधिकरण र विद्युत् प्राधिकरणका तारसमेत हटाइने पाण्डेको भनाइ छ । ‘सबै पक्षसँग सहमति गरेर तार निकाल्न लागिएको हो,’ उनले भने,’ आफ्नो-आफ्नो कम्पनीको तार आफूले निकाल्ने हो । महानगरले त्यसमा सहजीकरण मात्र गरिन्छ ।‘
पोल-पोलमा रहेका तार आफ्नो कम्पनीले जिम्मा लिँदै निकाल्ने उनले बताए । उनका अनुसार महानगरले तार निकाल्ने काममा अनुगमन र सहजीकरण मात्र गरिदिन्छ ।
बागदरवारस्थित महानगर प्रहरी प्रमुखको कक्षमा आइतबार बसेको बैठकमा विभिन्न सरोकारवाला संस्थाहरूको प्रतिनिधिको उपस्थिति थियो । सरोकारवालासँग बसेको बैठकमा भोलिदेखि तार निकाल्ने सहमति भएको हो ।
महानगरपालिकाले आफ्नो क्षेत्रभित्र अव्यवस्थित रूपमा रहेका तार व्यवस्थापन गर्ने कार्य भोलिदेखि सुरु गर्ने छ ।
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_Hfcp0nsMmx_i4ofjybttpkqywlrknkb1ne1pzdchzpgahamfhcghjjelullxg50kck3pzxw_sWFJoHblpM_j4efn7rs8npznrgyrjswjvh9ib2lztuaicbxs3c4iwxvg6pamncj0mpsodgt.jpg)
लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलायो

एउटै ढुङ्गामा १०८ शिवलिङ्ग र नागसहितको मूर्ति

यसरी थप आकर्षक बनाइँदै छ थानकोटस्थित त्रिभुवन ‘पार्क ’

प्रहरी र रोटरीद्वारा पाँचसय वृक्षारोपण, ५० हजार रोप्ने लक्ष्य

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

साइकल दुर्घटनामा बालकको मृत्यु, एक घाइते

पानीजन्य जोखिम घटाउन अनुगमन, एक सय ५९ जार नष्ट

प्रतिक्रिया