नक्कली लालपुर्जा बाँडेर पैसा असुल्ने चार झापाली पक्राउ

झापा - नक्कली लालपुर्जा दिएर सर्वसाधारणलाई ठगेको आरोपमा चार जना पक्राउ परेका छन् ।
मेचीनगर नगरपालिका– ६ स्थित मेची डाँडाको ऐलानी जग्गाको नक्कली लालपुर्जा बनाएर बाड्ने कार्यमा सलग्न चार जना पक्राउ परेका हुन । उनीहरुले एक सय भन्दा सर्वसाधरणवाट रकम उठाएर नक्कली लालपुर्जा बाडेको खुल्न आएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीका अनुसार नक्कली लालपुर्जा बाँड्नेमा मुख्य योजनाकार शिवसताक्षी नगरपालिका– ५ का डिल्लीराम मैनालीसहित मेचीनगर–६ का ७५ वर्षीय भुपध्वज दाहाल, ७३ वर्षीय ज्ञानबहादुर गिरी र ५४ वर्षीय टंक खड्कालाई प्रहरीले हिरासतमा लिईएको छ । सो घटनामा सलंग्न एकजना भने फरार रहेका छन् ।
प्रहरीका अनुसार नक्कली लालपुर्जा बाँडने क्रममा पक्राउ परेकाहरुले एक परिवारसँग ९० हजार रुपैयाँसम्म असुल गरेको खुल्न आएको छ । यसरी बाँडिएको नक्कली लालपुर्जामा सम्बन्धित जग्गाधनीको फोटो टाँस गर्नुका साथै किर्ते सहीछापसमेत गरिएको भेटिएको थियो ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया