उदयपुरमा स्थानीय तहबाटै श्रम स्वीकृति दिन सुरु

उदयपुर- वैदेशिक रोजगारीमा जानेहरूका लागि स्थानिय पालिकाहरूले श्रम स्वीकृति दिन सुरु गरेका छन् ।
यसै क्रममा त्रियुगा नगरपालिकाले पनि आइतबारबाट बैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति दिन सुरु गरेको हो ।
संघीय सरकारले वैदेशिक रोजगारीमा जानेका लागि स्थानीय तहमार्फत श्रम स्वीकृति दिने व्यवस्था मिलाएसँगै त्रियुगा नगरपालिकाले पनि आइतवारबाट श्रम स्वीकृति दिन सुरु गरेको नगर प्रमुख वसन्त बस्नेतले जानकारी दिए ।
उनका अनुसार यसरी श्रम स्वीकृति दिइँदा आफ्नो नगरपालिकाभित्रको सम्पुर्ण विवरण प्राप्त हुने र वैदेशिक रोजगारीबाट फर्केर आएकालाई नयाँ काम दिने कार्यका लागि महत्वपुर्ण अभिलेख पनि हुनेछ ।
श्रम स्वीकृतिका लागि वडा नम्बर ६ नम्बर चिरञ्जीवि पोखरेलले साउदी अरेबिया जानका लागि माग गरेको श्रम स्वीकृतिको निवेदनलाई सदर गर्दै नगरपालिकाले सो कार्यको प्रारम्भ गरेको हो ।
संघीय सरकारले गत वैशाख ३ देखि संघ र प्रदेशमा रहेको श्रम स्वीकृत गर्ने सेवालाई विकेन्द्रित गर्दै स्थानीय तहसम्म पुर्याउने निर्णय लिएको थियो ।

कोशी प्रदेशसभाबाट प्रतिस्थापन विधेयक पारित

लम्पी स्किनबाट पशु सङ्क्रमित हुँदा किसान समस्यामा
भोजपुर हत्या घटना : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

करेन्ट लागेर जिमीको मृत्यु
भोजपुर धोद्नेखानी घटना : मृतकको शव परीक्षण गर्न धरान पठाइने

सोलुखुम्बुको सल्लेरीमा ‘स्केट पार्क’

झापामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित

प्रतिक्रिया