शनिबार १७ साउन, २०८२
Saturday, August 02, 2025

सचिव अर्जुनप्रसाद पोखरेलले राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ लिए

काठमाडौँ- अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ लिएका छन् । ​सर्वाेच्च अदालतमा सोमबार आयोजित कार्यक्रममा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

अर्थ मन्त्रालयका सचिव राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने संवैधानिक व्यवस्था छ ।