बागमती प्रदेशकाे बजेट घटाउन सर्वदलीय संयन्त्रको सुझाव

मकवानपुर- आर्थिक मन्दी बढिरहेकाे बेलामा यसै अनुसार अघि बढ्ने भन्दै बागमती प्रदेशको बजेटको आकार घटाउन सुझाव दिएका छन् । आज बसेको सर्वदीय संयन्त्रको बैठकमा सहभागीहरूले यस्तो सुझाव दिएका हुन् । आथिक वर्ष २०८०/८१ का लागि बजेटको आकार कस्तो रहने भन्नेबारे छलफल भएको थियो ।
आगामी आर्थिक वर्षमा घटाउन राय संकलन भएको प्रदेश सरकारका अर्थमन्त्री मन्त्री बहादुरसिंह लामाले बताए । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ७० करोड ९३ लाखको बजेट ल्याएको थियो ।
बागमती प्रदेश सभाहलमा बसेको सर्वदलीय बैठकले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको विषयमा छलफल गरेको थियो । सर्वदलीय बैठकले प्रदेशमा आवश्यक नीति तथा कार्यक्रमको विषयमा छलफल गरेको प्रदेशका अर्थमन्त्री लामाले बताए ।
बजेट कुन क्षेत्रमा कसरी प्राथमिकता दिँदा प्रभावकारी हुन्छ भन्ने विषयमा छलफल भएको मन्त्री लामाले बताए । 'प्रदेश सरकारलाई कसरी प्रभावकारी नीति तथा कार्यक्रम बनाउने भन्ने विषयमा छलफल भयो, राम्रै सुझाव आएको छ,' उनले भने ।
बजेटमा के विषयलाई फोकस गर्ने, कस्तो प्रकारको कार्यक्रमलाई प्राथमिकता दिने, दिगो विकास लक्ष्यका अवधारणालाई ख्याल गरेर कसरी बजेट बनाउने भन्ने विषयमा छलफल गरिएको उनकाे भनाइ छ ।
शैक्षिक अवस्थामा सुधार ल्याउने, कृषिलाई प्रवर्द्धन गर्ने, भौतिक पूर्वाधारको विकासमा प्राथमिकता दिने गरी बजेट ल्याउने बारे छलफल भएको उनले बताए ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया