कोशी प्रदेश नामाकरणविरुद्ध आजबाट पुन: आन्दोलन सुरु हुने

विराटनगर- आजदेखि कोशी प्रदेश नामाकरण विरुद्ध पुन: आन्दोलन सुरु हुने भएको छ । आज वैशाख २६ गते झापाको दमकमा राँके जुलुस प्रदर्शन गर्दै सो आन्दोलनको सुरुवात गर्न लागिएको हो ।
संयुक्त संघर्ष समितिका किराँत राई यायोक्खाका अध्यक्ष जीवन हाताचोका अनुसार सो आजबाट सुरु हुने आन्दोलन जेठको दोस्रो सातासम्म जारी रहनेछ । प्रदेश–१ को नाम कोशी राखे पछि मुख्यत: किराँत र लिम्बुवान समुदायका मानिसहरू आक्रोशित हुँदै आएका छन ।
यसैगरी वैशाख २८ गतेदेखि प्रदेश सभाका ८२ जना सांसद उपस्थित हुने कार्यक्रममा निरन्तर बहिष्कार तथा उपस्थित भएर विरोध गर्ने जनाइएको छ भने कोशी प्रदेशका जिल्लाहरूमा निरन्तर रुपमा कोणसभा, सङ्घर्ष समिति गठन तालाबन्दी, कोशी नाम हटाउने, जलाउने, मेट्ने, कालो झण्डा रोप्ने लगायतका कार्य प्रदेश भरी गरिने कार्यक्रम सार्वजनिक गरिएकाे छ ।
जेठ २ गतेदेखि ५ गतेसम्म कोशी प्रदेशका १४ वटै जिल्लाका मुख्य स्थानमा जनजागरण अभियान चलाउने र जेठ दोस्रो हप्ता वृहत् भेला आयोजना गर्ने जनाइएको छ ।
यसैगरी ‘पहिचानका लागि युवा’ भन्ने अलग्गै संगठन बनाउने देखी कोशी प्रदेश स्तरीय आमसभा गरेर पहिलो चरणको आन्दोलन टुङ्ग्याइने जनाइएको छ ।

कोशी प्रदेशसभाबाट प्रतिस्थापन विधेयक पारित

लम्पी स्किनबाट पशु सङ्क्रमित हुँदा किसान समस्यामा
भोजपुर हत्या घटना : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

करेन्ट लागेर जिमीको मृत्यु
भोजपुर धोद्नेखानी घटना : मृतकको शव परीक्षण गर्न धरान पठाइने

सोलुखुम्बुको सल्लेरीमा ‘स्केट पार्क’

झापामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित

प्रतिक्रिया