सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

आजदेखि कक्षा १२ को परीक्षा

काठमाडौँ- आजबाट कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ ।

बिहान ८ बजेबाट १२ बजेसम्म परीक्षा सञ्चालन हुनेछ । 

परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्षको परीक्षाका लागि चार लाख ६७ हजार विद्यार्थीहरुले फारम भरेका छन् । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने छन् ।

१४५३ परीक्षा केन्द्रहरू तोकिएका छन् । परीक्षा जेठ ५ गतेसम्म हुनेछ ।