प्रिमियर लिगः फुलहम, एभर्टन र फरेस्ट विजयी

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत फुलहम, एभर्टन र नटिङ्घम फरेस्टले जित हात पारेका छन् । सोमबार राति भएको खेलमा फुलहमले लेस्टर सिटीलाई ५-३ गोलअन्तरले पराजित गर्यो ।
फुलहमको जितमा विलियन र टम कार्नीले समान २-२ गोल तथा कार्लोस भिनिसियसले १ गोल गरे । लेस्टरका लागि हार्भी बर्नेसले २ तथा जेम्स माडिसनले एक गोल फर्काए ।
जितसँगै तालिकाको १० औँ स्थानमा रहेको फुलहमले ३५ खेलबाट ४८ अंक जोडेको छ । यता लेस्टर भने ३० अंकसहित १८ औँ स्थान अर्थात रेलिगेसन जोनमा छ ।
अर्को खेलमा एभर्टनले ब्राइटनलाई ५-१ गोलले पाखा लगायो । एभर्टनका लागि अब्दोले डोकोरे र ड्वाइट म्याकनिलले २-२ गोल गरे । ब्राइटनका जासोन स्टिलले एक आत्मघाती गोल गरे । ब्राइटनका लागि अलेक्सिस म्याकले एक गोल फर्काए ।
जितसँगै एभर्टन ३२ अंक जोडेर १७ औँ स्थानमा हुँदा ब्राइटन ५५ अंकसहित सातौ स्थानमा छ ।
यता १६ औँ स्थानको नटिङ्घम परेस्टले पुछारको साउथाम्पटनलाई ४-३ गोलअन्तरले पराजित गर्यो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया