आइतबार ०७ बैशाख, २०८२
Sunday, April 20, 2025

एभरेष्ट बैंक भैरहवा शाखाको सेवा अब आफ्नै भवनबाट

काठमाडौं– एभरेष्ट बैंक भैरहवा शाखाले आफ्नै भवनबाट सेवाप्रवाह सुरु गरेको छ । नवनिर्मित शाखाको भवनको उद्घाटन सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँ र बैंकका प्रमुख कार्यकारी अधिकृतसुदेश खालिङले संयुक्त रुपमा गरे ।

विशेष कार्यक्रमकाबीच आईतबारदेखि सोही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. १२, प्रहरी टोलमास्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग सेवा तथा कारोबारहरु सञ्चालन गरेको हो । 

भवनको उद्घाटन समारोहमा सिद्धार्थनगर चेम्बर अफ कमर्सका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंक भैरहवाको नायव निर्देशक जीवनप्रकाश पाण्डे, जि.प्र.का रुपन्देहीका प्रहरी निरीक्षक सुरेश पन्त, बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक–प्रबन्धक लव प्रसाद कुईकेल साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका मेयर श्री इश्तियाक अहमद खाँले एभरेष्ट बैंक सो क्षेत्रको एक अग्रणी बैंक भएको र भैरहवा र सो आसपासको क्षेत्रको विकासमा बैंकले उल्लेख्नीय भूमिका खेलेको धारणा व्यक्त गरे भने बैंकका प्रमुख कार्यकारी अधिकृतसुदेश खालिङले आफनै नवनिर्मित भवनबाट ग्राहकहरुले सम्पूर्ण आधु्निक बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न सक्ने बताए । साथै सो समारोहमा बैंकले विगत २५ वर्षदेखि निरन्तर रुपमा बैंकसँग आबद्द ग्राहक नारायण बराईलाई सम्मान समेत गरेको थियो । 

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंकमा हालसम्म करिब १३ लाख ग्राहकहरु रहेका छन् ।