अमेरिकामा नराम्ररी डुब्यो प्रियंका चोपडाको हलिउड फिल्म

मुम्बई - बलिउड छाडेर हलिउड पुगे पनि बलिउड अभिनेत्री प्रियंका चोपडाले लोभ लाग्दो सफलता भने पाउन सकेकी छैनन् । उनले हलिउडमा एकपछि अर्को काम गरिरहेकी छिन्, तर यसरी गरेका सिरिज हुन् वा फिचर फिल्म, तिनले त्यताको मापदण्डअनुसार हिट हुने अवसर भने पाएका छैनन् ।
यही कडीमा उनको पछिल्लो रिलिज ‘लभ अगेन’ पनि परेको छ । अघिल्लो शुक्रबार रिलिज भएको फिल्मले तीन दिनमा २८ करोडको व्यापार गरेको छ । फिल्मको बजेट १ अर्ब हाराहारी रहेको थियो ।
साम ह्युगन र सेलिने डियनको समेत अभिनय रहेको फिल्मले रेटिङ साइटमा जम्मा १९ प्रतिशत रेटिङ पाएको छ । सिनेमा स्कोरमा फिल्मलाई दर्शकले बी रेटिङ दिएका छन् । फिल्ममा प्रियंकाका श्रीमान् निक जोनसको पनि अतिथि भूमिका रहेको छ ।
प्रियंकाले सन् २०१७ मा ‘बेवाच’मार्फत हलिउडमा डेब्यू गरेकी थिइन् । सन् २०२१ मा उनको ‘म्याट्रिक्स रिसरेक्सन’ रिलिज भएको थियो । भर्खरै रिलिज भएको ‘सिटाडेल’ सिरिजले कमजोर समीक्षा पाएको थियो । बलिउडमा दह्रो गरी खुट्टा टेक्न खोजिरहेकी प्रियंकालाई यो फिल्मको असफलताले धक्का दिएको धेरैको विश्लेषण छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया