प्रकाश सपुतको ‘सकम्बरी’लाई दिनको १ लाख दर्शक

काठमाडौँ - सबैभन्दा चाँडो करोड क्लबमा छिरेर इतिहास बनाएको प्रकाश सपुतको ‘सकम्बरी’गीतको हेरिने रफ्तार कम भएको छैन । रिलिजको २५ दिनसम्म आइपुग्दा गीतले २ करोड ५३ लाख भ्युज पाएको छ । गीतले पहिलो हप्ता नै एक करोड भ्युज पाएर छोटो समयमा नै करोड क्लबमा इतिहास बनाउन सफल भएको थियो । २५ दिनमा २ करोड ५० लाख दर्शक पाउनुले गीतले हरेक दिन १ लाखका दरले भ्युज पाएको आँकलन गर्न सकिन्छ ।
मंगलबार प्रकाश सपुतले गीतले पाएका दर्शकको आँकडा सेयर गर्दै २५ दिनमा २५ मिलियन दर्शक पाएको जानकारी गराएका छन् । उनले जानकारी सेयर गर्दै लेखेका छन् – ‘२५ दिनमा २५ मिलियन बढि पटक हेरिएको छ – सकम्बरी । साँच्चिकै हाम्रो सोच, हाम्रो प्रयास र हाम्रो अपेक्षा भन्दा कैयौ गुणा माया हामीले प्राप्त गरेका छौँ । यो एउटा इतिहास हो । सबै – सबै नेपाली दर्शक स्रोता, शुभेच्छुक , शुभचिन्तकहरुमा मुरी मुरी धन्यबाद , मायाको साटोमा धेरै माया ।’
सार्वजनिक भए लगत्तै प्रकाश सपुतको गीत विवादमा परेको थियो । महिलालाई भोग्य वस्तुको रुपमा भिडियोमा चित्रित गरिएको भन्दै यसको विरोध भएको थियो । गीतले प्रकाश सपुतको चेतनाको स्तर देखाएको भन्दै विरोध हुँदा सपुतले गीतले समाजमा विद्यमान अवस्था प्रस्तुत गरेको दाबी गरेका थिए । तर पछि तीव्र विरोधपछि आफूबाट प्रस्तुतिका क्रममा गल्ती भएको भन्दै माफी मागेका थिए ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया