आकर्षक सुविधासहित नबिल बैंकले ल्यायो 'नबिल ढुक्क बचत खाता'

काठमाडौं - नबिल बैंक लिमिटेडले आकर्षक सुविधासहित नबिल ढुक्क बचत खाता बजारमा ल्याएको छ। उच्चतम ब्याजदर र तीन वटा बिमा सुविधासहित यो बचत खाता ल्याइएको नबिल बैंकले जनाएको छ।
यस खातामा आबद्ध हुने ग्राहकले औषधोपचार बिमा बापत एक लाख रुपैयाँ, दुर्घटना बिमा बापत १० लाख रुपैयाँ र प्राणघातक रोग बिमा बापत तीन लाख ७५ हजार रुपैयाँ दाबी गर्न पाउनेछन्।
त्यसै गरी यस खातामा निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, डिम्याट, तथा मेरो सेयरको सुविधा पाउन सकिने नबिल बैंकले जनाएको छ। महिनामा ५ पटकसम्म अरू बैंकको एटिएमबाट पनि निःशुल्क पैसा झिक्न पाइने सुविधा यस खातामा रहेको छ।
नबिल फोन लोनको सुविधा पनि यस खाताको विशेषता रहेको छ। साथै लक्करको सुविधा पनि रहेको यस खातामा लक्कर पहिलो वर्ष निःशुल्क रहेनछ भने दोस्रो वर्षबाट ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ। ७.४० प्रतिशतको उच्च ब्याजदर समेत रहेको नबिल ढुक्क बचत खाता खोल्नका लागी ग्राहक वर्गले न्यूनतम एक लाख अनिवार्य जम्मा गर्नुपर्नेछ ।
दैनिक रूपमा काममा आउने बैंक सेवा तथा सुविधामा विशेष छुट दिने गरी ल्याइएको यस ढुक्क बचत खाताले ग्राहक वर्गका आवश्यकता पुरा गर्ने बैंकको विश्वास छ .

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य,…

प्रतिक्रिया