अर्जेन्टिनी फुटबल स्टार मेस्सीले साउदीकाे क्लबबाट खेल्ने

काठमाडौँ- अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले साउदी अरेबियन क्लबबाट खेल्ने भएका छन् । मेस्सीले साउदीको अल-हिलालबाट खेल्नका लागि सम्झौता गरेको फ्रेन्च सञ्चारमाध्यमलाई उदृत गर्दै डेलिमेल डट सिओ डट युकेले जनाएको छ ।
मेस्सीले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको अल-नासर क्लबको कट्टर प्रतिद्वन्द्वी क्लब अल-हिलालसँग ५ सय २२ मिलियन पाउन्डमा सम्झौता गरेको समेत फ्रेन्च सञ्चारमाध्यमले जनाएको डेलिमेलले उल्लेख गरेको छ ।
मेस्सीले समरमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर साउदीको अल-हिलालमा आवद्ध हुने छन् ।
न्यूज एजेन्सी एएफपीले पनि साउदी श्रोतलाई उदृत गर्दै मेस्सीले अल-हिलालबाट खेल्नका लागि सम्झौता गरिसकेको जनाएको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया