बर्दघाटमा एभरेष्ट बैंकको १२५ औं शाखा

काठमाडाैं । एभरेष्ट बैंक लिमिटेडले नवलपरासी (पश्चिम) मा आफ्नो १२५ औं शाखा उद्घाटन गरेको छ ।
उक्त शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा नवलपरासी पश्चिमका जिल्ल्ला सभापती केशव प्रसाद भण्डारी र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा गरेका छन् ।
सो उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा नवलपरासी पश्चिमका जिल्ल्ला सभापति श्री केशवप्रसाद भण्डारीले बर्दघाटमा एभरेष्ट बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए ।
साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले बर्दघाट र सो आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिबद्दता व्यक्त गर्नुका साथै पंजाब नेशनल बैंक भारतसँगको साझेदारीले गर्दा स्थानिय बासिन्दा र पूर्व भारतीय गोर्खा सैनिकले पेन्सन तथा अन्य बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न अझ सहज हुने विश्वास व्यक्त गरे । यो सँगै लुम्बिनी प्रदेशमा बैंकको शाखा संख्या २२ पुगको छ ।
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_krQzzuYClb_dzkk04wutgovdipfyiyzue4i4rrl6mnbbupjmg3h7yjg3ztedm4gaed2xdkj.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

एनएमबि बैंकको सेयर बिक्रीमा
ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आइएफसी र इयूको साझेद…

एनएमबि बैंक द्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

प्रभु बैंक गण्डकी प्रदेशद्वारा ग्लोबल मनी वीकको अवसरमा वित्तीय जनचेतनामूलक र्या…

प्रतिक्रिया