अर्जुन र समीक्षाको जुगलबन्दीमा ‘लैजा सन्देश’

काठमाडौँ - अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको गीत ‘लैजा सन्देश’ सार्वजनिक भएको छ । गीतमा समीक्षा अधिकारीको स्वर रहेको छ ।
अर्जुन र समीक्षाले दर्जन बढी गीतमा सहकार्य गरेका छन् । संगीतकार पोखरेलले समीक्षाका लागि तयार गरेको यो १३ औँ गीत भएको जानकारी गराए ।
पोखरेलले नै लेखेका शब्दले समीक्षाको वर्तमान जिन्दगीका केही भावनाको प्रतिनिधित्व गरेझैँ लाग्छ । गीतले एकतर्फी मायाको भावनालाई अभिव्यक्त गरेको छ ।
गीतको भिडियो सामान्य रुपमा बनाइएको छ । गीत रेकर्ड गरिएको समयमा खिचिएका फुटेजलाई नै भिडियोको रुप दिइएको छ ।
पछिल्लो समय भिडियोमा लाखौँ खर्च गरेका भन्दा यसरी नै रेकर्डिङ स्टुडियोमा गरिएका गीतले राम्रो दर्शक पाउन थालेका छन् । यसले अडियो बलियो भए गीत दर्शकसम्म महंगोमा बनेका भिडियो बिनै पनि पुग्ने सन्देश स्थापित भएको छ । अर्जुन पोखरेलले पनि यही शैली अपनाएका छन् ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया