पुँजी बजारको फोरममा शैलेन्द्र गुरागाईं

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले पुँजी बजार फोरमको सभापतिमा महासंघका कार्यकारिणी सदस्य तथा जलविद्युत् उद्यमी शैलेन्द्र गुरागाईंलाई मनोनयन गरेको छ ।
महासंघको पहिलो कार्यकारिणी समितिको बैठकले अध्यक्ष चन्द्रप्रसाद ढकाललाई अख्तियारी प्रदान गरेअनुसार विधानको दफा ३८(ग) बमेजिम गुरागाईंलाई उक्त फोरमको सभापतिका रुपमा मनोनयन गरेको हो ।
महासंघको छवि तथा प्रतिष्ठालाई अझ बढी सशक्त रुपमा अगाडि बढाउन गुरागाईंको सभापतित्वमा गठित समितिले जिम्मेवारीपूर्वक कार्य गरी महासंघलाई महत्वपूर्ण योगदान गर्नेमा अध्यक्ष ढकालले विश्वास व्यक्त गरेका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष भइसकेका गुरागाईं मुलुकको चर्चित जलविद्युत् उद्यमी मानिन्छन् ।

मेची भन्सारबाट रु १५ अर्ब ९३ करोड राजस्व असुली

सरकारको आम्दानी र खर्च दुवै कमजोर : बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब …

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

आव २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको धितोपत्र कारोबार

आज कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

‘औद्योगिक पूर्वाधार विकासमा सरकार साधक बन्नेछ’

सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ विनोद कुकवेयर ईन्डियाको ब्रान्ड एन्डोर्सरमा नियुक्त

प्रतिक्रिया