टेक्नोलोजी विकासलाई बढावा दिन निओटेरिक नेपाल र टेक स्टुडियोमा साझेदारीको घोषणा

काठमाडौं – टेक्नोलोजी विकासलाई बढावा दिन निओटेरिक नेपाल प्राइभेट लिमिटेड(प्रालि) र टेक स्टुडियो प्रालिले नेपालमा साझेदारीको घोषणा भएको छ । नेपालको प्राविधिक विकासको समृद्ध भविष्यमा महत्वपूर्ण भूमिका खेल्नका लागि दुई कम्पनीहरूले साझेदारीको प्रस्ताव गरेका हुन् ।
साझेदारीको घोषणा यही मे ८ सोमबार गरिएको थियो ।
साझेदारीको स्वीकृतिसँगै नियोटेरिक नेपाल प्रालि र टेक स्टुडियो प्रालिले नयाँ संयुक्त उद्यम सिर्जना गर्न आपसी सम्झौता गरेको हो । सम्झौताअनुसार टेक स्टुडियो र निओटेरिक नेपाल लगातार स्मार्टवेयरेबल्स र सामान बजारको सफल विकासमा केन्द्रित हुने बताइएको छ ।
निओटेरिक नेपाल बीचको नयाँ साझेदारीले निओटेरिक र टेक स्टुडियोद्वारा स्मार्टवेयरेबल्स र एसेसरिजमा व्यापारको विकासमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ ।
टेक स्टुडियोका प्रमुख कार्यकारी अधिकृत निरञ्जन श्रेष्ठ भन्छन्, ‘नियोटेरिक नेपाल प्रालिसँगको साझेदारीबाट हामी उत्साहित छौँ । हाम्रा कम्पनीहरूको ज्ञान र अनुभवको संयोजनले असाधारण उत्पादन र सेवाहरूको विकासमा नेतृत्व गर्नेछ जसले हाम्रा ग्राहकहरू र समग्र रूपमा उद्योगलाई फाइदा पु¥याउँछ।’
_s9n0E2adwG_gumcjphdni5h8dpeydj8wga6u7eedf5s53tlhjkvy9oq9o55mjx4slzmwcbq_DDDxOVzd1B_hbsxvxfizn7b1yqpbz6divkc9tkmx4thyk6bdnnpy4zcdp1elcplmgtjgghk.jpg)
कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

आजदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलमा बढ्यो लिटरमै पाँच रूपैयाँ

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आँप मेलामा १० लाखभन्दा बढीको कारोबार

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण हुँदै

आज सुन प्रतितोला कतिमा कारोबार हुँदैछ?

स्काइवाक काठमाडौँ तेस्रो वर्षमा, ३ महिनासम्म पाहुनालाई नि:शुल्क कप उपहार

प्रतिक्रिया