आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

आगलागीका घाइतेलाई उपचारका लागि नेपालगञ्ज लगियो

फाइल फोटो

दैलेख - दैलेख जिल्लाको राकम इलाकामा भएको आगलागीको घटनामा परी घाइते भएका स्थानीयवासीलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ ।

नेपाल प्रहरी र स्थानीय व्यक्तिले उद्धार गरेपछि घाइतेलाई त्यहाँबाट उपचारका लागि हेलिकप्टरद्वारा नेपालगञ्ज लगिएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । आगलागीमा परी घाइते भएकामध्ये आठ जनालाई दुई पटक गरी नेपालगञ्ज पुर्‍याइएको बताइएको छ ।