अस्पतालबाट डिस्चार्ज भए पूर्व राजा

काठमाडौँ : कोभिड–१९ संक्रमित भएर १९ दिनदेखि उपचार गराइरहेका पूर्व राजा ज्ञानेन्द्र शाह पूर्ण स्वस्थ भएसँगै अस्पतालले बुधबार राती डिस्चार्ज गरेको छ ।
पूर्व राजा ज्ञानेन्द्र, रानी कोमल र छोरी प्रेरणालाई कोभिड–१९ संक्रमण भएपछि नर्भिक अस्पतालमा उपचार भइरहेको थियो ।
अस्पतालमा पूर्व राजाको परिवारलाई अक्सिजनको सपोर्ट दिएर राखिएको थियो । लगातारको उपचारपछि तीनै जनाको स्वास्थ्यमा सुधार आएको थियो । कोरोना भाइरसका लक्षणहरू हराएपछि पूर्व राजाको तीन दिन अघिको स्वाब परिक्षण रिपोर्ट रिपोर्ट नेगेटिभ आएको थियो ।
अस्पतालमा उपचाररत पूर्व महारानी कोमल शाहको अवस्था भने सुधारोन्मुख रहेको अस्पताल प्रशासनले उल्लेख गरेको छ । स्वास्थ्यमा सुधार भएसँगै उनलाई दिइदैं आएको अक्सिजनको मात्रा लगातार घटाउँदै उपचार जारी राखिएको बताइएको छ । स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई आइसीयूबाट वार्डमा सारिएको छ । पूर्व रानीको उपचारमा प्लाज्मा थेरापी विधि समेत अपनाइएको थियो ।
पूर्व अधिराजकुमारी प्रेरणा शाह स्वस्थ भैसकेपछि पनि उनी आमासँग अस्पतालमै रहने भएकी छिन् । पूर्व राजपरिवारको उपचारमा नर्भिक अस्पतालका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवाल र चेस्ट फिजिसियन डा. बी श्रीवास्तव नेतृत्वको टिम संलग्न थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया