सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

भ्रष्टाचार विरुद्ध नेकपा एसले आज देशैभरी प्रदर्शन गर्ने

फाइल फोटो

काठमाडौं - भ्रष्टाचार विरुद्ध नेकपा एकीकृत समाजवादी (एस) ले आज देशैभरी प्रदर्शन गर्ने भएको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी अनुसन्धानलाई अघि बढाउनका लागि दबाब स्वरुप आज देशैभरी प्रदर्शन गर्न लागिएको सो पार्टीका नेता बिजय पौडेलले जानकारी दिए । 

‘यही वैशाख २८ गते दिनको १ बजे देशका सबै जिल्लामा विरोध प्रदर्शन गरौं, पौडेलले भनेका छन, ‘जनवर्गीय सङ्गठनहरूको मोर्चा सङ्गठनको यस अभियानमा साथ दिन पार्टीका सबै तहका सङ्गठनहरू समक्ष  हार्दिक अनुरोध गर्दछौ ।’

उनका अनुसार हिजो माइतीघर मण्डलामा पनि पार्टीका भातृ संगठनले प्रदर्शन गरेका थिए ।