विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरणलाई छुट्टै मन्त्रालय बनाउनुपर्छ : डा. तुलाधर

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव डा. गंगालाल तुलाधरले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरणलाई मन्त्रालय बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहीबार ललितपुरमा आयोजित राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उपमहासचिव तुलाधरले आफू सरकारमा सहभागी हुँदा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरणलाई एउटा छुट्टै मन्त्रालय बनाएर जाने प्रयास गरे पनि सफल हुन नसकेको जिकिर गरे । उनले प्राधिकरणलाई गृह मन्त्रालय अन्तर्गत नभइ प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्ने कुरा पनि सफल हुन नसकेको स्पष्ट पारे ।
उनले अब विपद्जन्य गतिविधिहरू बढ्ने भएकाले पूर्वतयारीका साथ काम गर्नुपर्ने आवश्यकता औंल्याए । सबैभन्दा पहिला शारीरिक अशक्तता भएकाहरूलाई सुरक्षित गर्नुपर्ने आवश्यकता रहेको र अन्य नागरिकलाई पनि पूर्व सूचनाको विस्तार गर्न आवश्यक रहेको उनले उल्लेख गरे ।
कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् जोखिम न्यूनीकरणका लागि बेलैमा पूर्व रणनीति बनाएर अघि बढ्न आवश्यक रहेको बताए । उनले विगतमा सिकेको अनुभवलाई रणनीति बनाएर अघि बढ्नसके विपदबाट जनधनको क्षति हुनबाट रोक्न सकिने उल्लेख गरे ।
उनले गीतसंगीत र भिडियोको माध्यमबाट गाउँ-गाउँमा सचेतना फैल्याउनुपर्ने बताए । कार्यकारी प्रमुख पोखरेलले शारीरिक अशक्त भएकाहरूलाई सबैभन्दा पहिला विपद्जन्य अवस्थाका बारेमा सचेत र सूचना दिनुपर्ने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया