कृषि ऐन बनाउने तयारीमा छौँ : मन्त्री भुसाल

काठमाडौँ- कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले कृषि ऐन बनाउने तयारी भइरहेको जानकारी दिएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा मन्त्री भुसालले नेपाल कृषिप्रधान देश भए पनि कृषि सम्बन्धी कुनै ऐन नभएकाले कृषि ऐन बनाउनका लागि मस्यौदा बनाउने काम भइरहेको जानकारी गराएका हुन् । मूल कृषि ऐन बनाउँदा यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहज हुने उनले बताए ।
त्यस्तै मन्त्री भुसालले मल ल्याउनका लागि अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्नुपर्ने बताए । यो वर्ष ३८ अर्बभन्दा बढीको मल आयात गरेको भन्दै आगामी आर्थिक वर्षमा त्यही अनुसारको तयारी गर्नुपर्ने उनको भनाइ छ । मन्त्री भुसालले कृषि उत्पादनमा वृद्धि गरेर आयात प्रतिस्थापन गरेको निर्यात प्रवर्द्धन गर्ने नीति रहे पनि त्यसअनुसार राज्यले लगानी गर्न नसकेको धारणा राखे ।
अर्थतन्त्रको मेरुदण्ड कृषि क्षेत्र भए पनि यस क्षेत्रमा बजेटको समस्या हुने गरेको उनले बताए । अहिले रैथाने बालीलाई पनि प्राथमिकतामा राख्दै जमिन र बढी उत्पादनशील बिउ आवश्यक रहेको उनले उल्लेअ गरे ।
तराईका ५० प्रतिशत जमिन अझै पनि सिँचाइबाट वञ्चित हुन पुगेको र जनशक्तिका अभावका कारण जमिनहरू बाँझो रहने अवस्था देखिएको र जसका कारण उत्पादनमा कमी हुने गरेको पनि उनले बताए ।

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

एमाले पोलिटव्यूरो बैठक शनिबार बस्नेगरी सकियो

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मुख्यमन्त्री शाह

साहित्यकार तथा कलाकारहरू माओवादी केन्द्रमा प्रवेश

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

प्रतिक्रिया