धनुषामा सांस्कृतिक संग्राहालय बन्दै

जनकपुरधाम- धनुषामा सांस्कृतिक संग्रहालय बन्ने भएकाे छ । जिल्लाको हंसपुर नगरपालिका वडा नम्बर–२ स्थित बघचौडामा स्थानीय प्राध्यापक परमेश्वर कापडीले दिएकाे जग्गामा सांस्कृतिक संग्रहालय बन्न लागेको हो ।
सांस्कृतिक संग्रहालय निर्माणका लागि मिथिला अभियानी समेत रहेका प्राध्यापक कापडीले आफ्नो ४ कट्ठा निजी जग्गा दिएका हुन् ।
बिहीबार मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले साे संग्रहालयकाे शिलान्यास गरेका छन् । संग्रहालयको शिलान्यास गर्दै सभामुख मण्डलले यसले मिथिला क्षेत्रमा एउटा नयाँ आयाम थपिएको बताए । उनले संग्रहालय निर्माण भएपश्चात् यस क्षेत्रको पर्यटकीय विकासमा टेवा पुग्ने दाबी गरे ।
शिलान्यास कार्यक्रममा मधेस प्रदेश सभा सदस्य माला कर्ण, हंसपुर नगरपालिका वडा नम्बर–२ का वडाध्यक्ष जयनारायण कापड, स्थानीयबासी, भद्रभलादमी लगायतको उपस्थिति रहेको थियो ।
सो संग्रहालयमा विभिन्न भेषभुषा झल्काउने पहिरन, मिथिला क्षेत्रमा हाल लोप हुँदै गएका विभिन्न सामग्रीहरू जस्तै ठेकी, बैलगाडा, पालकी, महफा, खरखरिया, करिन, माटोका भाँडाकुँडाहरू राखिने जनाइएकाे छ ।

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

राशिफलमा यस्तो आज तपाईंको भाग्य

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडौँ ल्याइयो, एक जनाको आजै अन्त्येष्…

झापामा सवारी दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

कलैया-वीरगञ्ज सार्वजनिक यातायात सेवा ठप्प

प्रतिक्रिया