शहिद स्मारक ए डिभिजन लिग : आज तीन वटा खेल हुँदै

काठमाडौँ- शहिद स्मारक लिग ए डिभिजन फुटबलमा आज तीन खेल हुँदैछन् ।
गत बिहीबार एक मात्र खेल भएको ए डिभिजन लिगमा आज तीन खेल हुन लागेको हो । जसअनुसार दुई वटा खेल दशरथ रंगशालामा हुनेछ भने एक खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो खेल संकटा क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । जुन खेल ३ बजेबाट सुरु हुनेछ भने दोस्रो खेल ६ बजेबाट सोही रंगशालामा हुनेछ । जुन खेलमा न्युरोड टिम र खुमलटारबीच प्रतिस्पर्धा गर्नेछन् ।
उता एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा र मनाङ मर्स्याङ्दीका बीचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया