मधेश सरकार आलोपालो नेतृत्वमा यही सरकारलाई निरन्तरता दिनुपर्छ : अध्यक्ष यादव
जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशमा यही सरकारलाई निरन्तरता दिँदै आलोपालोमा नेतृत्व परिवर्तन हुने बताएका छन् । शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले यही सरकारलाई निरन्तरता दिँदै आलोपालो नेतृत्वमा पाँच दलीय गठबन्धनको सहमति र आपसी सम्झदारीमा मधेश प्रदेशमा सरकार चाँडै नै मन्त्रिपरिषद् पुनर्गठनसहितको विस्तार हुने बताए ।
सञ्चारकर्मीहरूको जिज्ञासामा जसपा अध्यक्ष यादवले जनमत पार्टी गठबन्धनमा रहेर न्यूनतम आचरण पनि पालना नगरी गठबन्धनविरुद्ध नै लागेकाले ती पार्टीलाई सरकारमा राख्ने नराख्नेबारे गठबन्धन दलहरूबीच भएको छलफलअनुसार अघि बढ्ने बताए ।
एक अर्को प्रसंगमा उनले नक्कली भुटानी शरणार्थीलाई अमेरिका पठाउने कार्यले अमेरिकालाई खतरा होइन नेपालको संविधानमा समेत खतरा पुग्न सक्ने भएकाले उच्चस्तरीय छानबिन गरी दोषीहरूलाई कानून बमोजिम कारबाही हुनुपर्ने माग गरे ।
जसपा अध्यक्ष यादवले निजामति कर्मचारी ऐन र प्रहरी समायोजन तत्कालै गर्नुपर्ने माग गर्दै राष्ट्रपति कार्यालयमा दुवै सदन पारित भएका नागरिकता विधेयक तत्काल वर्तमान राष्ट्रपतिलाई प्रमाणीकरण गरेर नागरिकता विहीन नेपाली नागरिकका सन्तानलाई नागरिकता दिनुपर्ने बताए ।
देशको आर्थिक मन्दीबारे उनले कोरोना संक्रमणले अन्तराष्ट्रिय बजारमा परेको असरले नेपालको अर्थतन्त्रमा समेत प्रभाव परेको बताए । सरकारले आगामी नीति तथा कार्यक्रम र बजेट आर्थिकमन्दीलाई ख्याल गर्दै ल्याउनुपर्ने र देशको आर्थिक अवस्था कसरी सुधार हुन्छ प्रयासमा लाग्नुपर्ने बताए ।

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

मिथिलामा गुरु पूर्णिमा पर्व मनाइँदै

लहानमा अवैध क्लिनिकहरूमाथि कडाइ, कानुनी दायरामा ल्याउने

प्रतिक्रिया