गण्डकी मन्त्रिपरिषद् विस्तार, नवनियुक्त चार मन्त्रीले शपथ लिँदै

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बिहीबार चारजना मन्त्री नियुक्त गर्दै गण्डकी प्रदेश मन्त्रिपरिषद् विस्तार गरिएको हो ।
महेन्द्रध्वज जिसी, दिपेन्द्रबहादुर थापा, राजीव गुरुङ (दीपक मनाङे) र रेशमबहादुर जुग्जाली मन्त्रीमा नियुक्त भएका हुन् । जिसी र थापा कांग्रेसबाट, मनाङे एकीकृत समाजवादीबाट र जुग्जाली माओवादीबाट मन्त्री बनेका हुन् । उनीहरुको मन्त्रालय भने सार्वजनिक गरिएको छैन ।
उनीहरुलाई शुक्रबार अपरान्ह ४ बजे शपथ गराउने तयारी भएको छ । सोही बेला मन्त्रालय पनि टुंग्याउने भएको छ । योसँगै मन्त्रिपरिषदमा कांग्रेसबाट २, माओवादी केन्द्रबाट २ र एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय भएको छ ।
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_tv8Q8f0IPE_tfwtuxsvykcb3u604fsxvuy4armamjwghblh2kb8ypl6dvtargrwrvvmdc4n.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

प्रतिक्रिया