भ्रष्टाचारविरुद्ध राप्रपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ- राप्रपाले भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई ज्ञापनपत्र बुझाएको छ । केन्द्रका अध्यक्ष राजेन्द्र लिङ्देनसहितको टोलीले शुक्रबार भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो । साथै देशभरका सबै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध ज्ञापनपत्र बुझाएको छ ।
राप्रपाले २०४६ पछिका सबै उच्च पदस्थ नेताकाे सम्पत्ति छानबिन गरेर अवैध सम्पत्ति जफत गरियोस् भन्ने मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएकाे हाे ।
संगठित भ्रष्टाचारविरुद्धको कार्यक्रममा सहभागी हुन सबैमा आह्वान गरेको राप्रपाले केही दिनअघि प्रतिनिधिसभा बैठकमा पनि भ्रष्टाचारविरुद्ध जोडदार आवाज उठाएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणबारे राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बोल्न समय मागेका थिए । तर, सभामुख देवराज घिमिरेले नदिएपछि राप्रपाका सांसदहरूले नाराबाजी गर्दै रोष्ट्रम घेरेका थिए । सदनदेखि सडकसम्म भ्रष्टाचारविरुद्ध आवाज बुलन्द गरेका राप्रपा अध्यक्ष लिङ्देनले ‘भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह हो’ भन्दै आएका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया