गण्डकीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौँ- गण्डकी प्रदेशका नवनियुक्त चार मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चार मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा भएकाे एक समारोहमा शपथ लिनेहरूमा नेपाली कांग्रेसबाट महेन्द्रध्वज जीसी, जितप्रकाश आले र दिपेन्द्रबहादुर थापा र माओवादी केन्द्रका रेशमबहादुर जुग्जाली रहेका छन् । समाजवादीका राजीव गुरुङको नाम अन्तिममा हटाएर जितप्रकाश आलेको नाम सिफारिस गरिएकाे थियाे ।
जीसीलाई कृषि तथा भूमि व्यवस्था, आलेलाई आर्थिक मामिला र थापालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै माओवादीका जुग्जालीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मा पाएका छन् । उनीहरूलाई आजै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नियुक्त गरेका थिए ।

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा के-के भयो काम ?

प्रतिनिधिसभाको बैठक बस्दै

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

प्रतिक्रिया