एमाले केन्द्रीय कमिटी बैठक : मिसन ग्रासरुट अभियानको समीक्षा प्रतिवेदन पेस

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्राे दिन सबै प्रदेशले मिसन ग्रासरुट अभियानको समीक्षा प्रतिवेदन पेस गरेका छन् । शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकमा बागमती, पेशागत, सम्पर्क समन्वय, गण्डकी प्रदेशका तर्फबाट मिसन ग्रासरुट अभियानको समीक्षा प्रतिवेदन पेस गरिएको हो ।
यसअघि बिहीबार सुदूरपश्चिम, कर्णाली, कोशी प्रदेशको रिपोर्ट पेस गरिएको थियो । बैठकमा पेस भएका विभिन्न प्रतिवेदनमाथि आठ वटा समूह बनाएर छलफल भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
बैठकको तेस्राे दिन शनिबार पार्टीको स्थायी कमिटी बैठक बसेर पार्टीको वार्षिक कार्ययोजनाको प्रस्ताव तयार गर्ने र त्यसपछि बस्ने केन्द्रीय कमिटी बैठकमा पेस हुने रिजालले बताए । एमालेलाई पहिलो शक्तिमा रूपान्तरण गर्ने गरी पार्टीले वार्षिक कार्यक्रम बनाएर अघि बढ्ने उनले बताए ।
बैठकमा केन्द्रीय सदस्यहरूले राखेका सुझावहरूलाई अंगीकार गरेर अघि बढ्ने उल्लेख गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया