उदयपुर सिमेन्ट उद्योगको नाफा चार करोड ९२ लाख

कटारी- सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगले आर्थिक वर्ष २०७८/७९ मा करिब पाँच करोड आम्दानी गरेको छ ।
उदयपुर सिमेन्ट उद्योग लिमिटेडको आज सम्पन्न ३५औँ वार्षिक साधारणसभामा प्रस्तुत वार्षिक प्रतिवेदनमा रु चार करोड ९२ लाख ५६ हजार रकम नाफा आर्जन गरेको जनाइएको छ । उद्योगले आर्थिक वर्ष २०७७/७८ को तुलनामा आव ०७८/७९ मा करिब २३ प्रतिशत बढी उत्पादन गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनका अनुसार आव २०७७/७८ मा १७ लाख ६७ हजार बोरा सिमेन्ट उत्पादन हुँदा ३० करोड नोक्सानी भएकामा आव २०७८/७९ मा २१ लाख ७२ हजार बोरा सिमेन्ट उत्पादन गरी नाफा आर्जन गर्न सफल भएको उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले जानकारी दिए ।
उद्योगले एक वर्षमा एक अर्ब ६१ करोड २५ लाख आम्दानी गरेको छ भने हालसम्म उद्योगको सञ्चित नाफा ५८ करोड १४ लाख ६६ हजार रहेको महाप्रबन्धक न्यौपानेले बताए । सिमेन्ट उद्योगको वार्षिक साधारणसभाको उद्घाटन गर्दै उद्योग तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारी स्वामित्वको उद्योगलाई बचाउन आगामी बजेटमा विशेष व्यवस्था गर्ने बताए ।
उदयपुर सिमेन्ट उद्योगमा सरकारले थप लगानी गर्न मन्त्रालयले एक कार्यदल गठन गरेको र सो कार्यदलको प्रतिवेदनका आधारमा लगानीको स्वरूप प्रस्ट हुने मन्त्री रिजालले बताए । मन्त्री रिजालले उदयपुर सिमेन्ट उद्योगमा काम नै नगरी ओभरटाइम सेवा लिने प्रवृत्तिलाई दुरुत्साहित गर्नुपर्ने बताए ।
साधारणसभाले विराटनगर जुटमिल्सले २०५१ सालमा ऋण लगेको ३४ लाख रकम असुल गर्न विराटनगर जुटमिल्सका नाममा रहेको तीन बिघा १२ कट्ठा जग्गा रोक्का राख्ने निर्णय अनुमोदन गरेको छ । रासस

मेची भन्सारबाट रु १५ अर्ब ९३ करोड राजस्व असुली

सरकारको आम्दानी र खर्च दुवै कमजोर : बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब …

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

आव २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको धितोपत्र कारोबार

आज कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

‘औद्योगिक पूर्वाधार विकासमा सरकार साधक बन्नेछ’

सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ विनोद कुकवेयर ईन्डियाको ब्रान्ड एन्डोर्सरमा नियुक्त

प्रतिक्रिया