एमाले स्थायी कमिटी बैठक जारी, यसपछि केन्द्रीय समिति बस्ने
काठमाडौं- नेकपा एमालेले स्थायी कमिटीको बैठक जारी छ ।
पार्टीको वार्षिक कार्ययोजना तयार पार्नका लागि केन्द्रिय समिति बैठक अघि स्थायी कमिटी बैठक बोलाइएको हो ।
गत बिहिबार देखि सुरु भएको एमालेको चौथौ केन्द्रीय समिति बैठक जारी रहेको बखतमा नै आज बस्न लागेको स्थायी कमिटीले पार्टीको बार्षिक कार्ययोजना बनाउन लागेको हो । प्रचार विभाग उपप्रमुख बिष्णु रिजालका अनुसार स्थायी कमिटीले तयार पार्ने बार्षिक कार्ययोजना केन्द्रीय समितिमा पेस गरी पारित गरिनेछ ।
शुक्रबार बसेको बैठकमा गैर–भौगलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेश गरेको प्रतिवेदनमा सामूहिक छलफल भएको थियो । जसअनुसार गण्डकीबाट पदमा अर्याल, वाग्मतीबाट गोकर्ण बिष्ट, सम्पर्क समन्वय कमिटीबाट लालबाबु पण्डित, उपत्यका विशेष प्रदेशबाट सुजिता शाक्यले आ आफ्नो क्षेत्रको प्रतिवेदन पेश गरेका थिए ।
सबै प्रदेशको प्रतिवेदनमाथि सामूहिक छलफल गरिएको थियो । आज बस्ने केन्द्रीय समिति बैठकले समुहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया