पार्टीसँग मदन राईको कुनै सम्बन्ध छैन : रास्वपा

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले किशोरकिशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका कृषिविज्ञ मदन राईसँग पार्टीको कुनै किसिमको सम्बन्ध नभएको जनाएको छ ।
पार्टीका महामन्त्री तथा प्रवक्ता डा मुकुल ढकालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा राईले किशोरकिशोरीमाथि गरेको यौन दुर्व्यवहार निन्दनीय भएको समेत जनाइएको छ ।
“राष्ट्रिय स्वतन्त्र पार्टीसँग कृषिविज्ञ मदन राईको सम्बन्धका बारेमा आएका प्रश्न र प्रतिक्रियाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, हाम्रो पार्टीले २०७९ साल भदौ ११ गते खुलामञ्चमा गरेको उपत्यका भेलामा उहाँलाई अतिथि वक्ताका रुपमा स्थान दिइएको थियो, राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यसमेत नरहेका राईलाई अध्ययन र अनुभवले कृषि विज्ञका रुपमा निम्ता गरिनु तत्कालीन अवस्थामा अस्वाभाविक थिएन, सो कार्यक्रमपश्चात् राष्ट्रिय स्वतन्त्र पार्टीसँग मदन राईको कुनै पनि किसिमको सम्बन्ध नरहेको जानकारी गराउँछौँ”, विज्ञप्तिमा भनिएको छ ।
यसैगरी राईले किशोरकिशोरीमाथि गरेको दुर्व्यवहार निन्दनीय भएको र निजलाई कानुनबमोजिम कारबाही हुनुपर्ने विज्ञप्तिमार्फत जनाइएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया