‘प्राविधिक शिक्षामा जोड देउ’

जनकपुरधाम- मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले सामुदायिक विद्यालयहरूमा प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।
महोत्तरीको बर्दिवास आयोजित जनता बहुमुखी क्याम्पसको चौथो साधारण सभामा बोल्दै प्रमुख अतिथि मण्डलले सामुदायिक विद्यालयमा शिक्षाप्रतिको अभिरुचि जगाउन प्राविधिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता रहेकाे बताए ।
सामुदायिक विद्यालयप्रति जनमानसमा विश्वास घट्दै गइरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले भने, 'शिक्षा जगतलाई प्रविधिसँग जोड्न सकिए मात्रै सामुदायिक विद्यालयप्रतिको अभिरुचि जनसमुदायमा जगाउन सकिन्छ, नत्र दिनानुदिन धराशायी बन्दै जान्छ ।'
सभामुख मण्डलले परम्परागत शिक्षामा मात्रै जोड दिइए रोजगारीको सिर्जना हुन नसक्ने भएकाले अन्तर्राष्ट्रिय श्रम बजारको माग अनुसार प्रविधियुक्त शिक्षा अनिवार्यता रहेकाे बताए । रोजगारमूलक शिक्षातर्फ ध्यान केन्द्रित गर्ने गरी शिक्षा नीति ल्याउनु सरकारको दायित्व रहेको र यसमा आफूले पनि प्रदेशस्तरबाट प्रयास गर्ने उनकाे भनाइ छ ।
प्राविधिक शिक्षातर्फ युवाहरूलाई जोड्ने गरी सरकारले शिक्षा नीति ल्याउन आफूले आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने बताउँदै उनले संघीय सरकारले पनि यसप्रति ध्यान दिन जरुरी रहेको उल्लेख गरे ।

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

मिथिलामा गुरु पूर्णिमा पर्व मनाइँदै

प्रतिक्रिया