बेलायतमा ‘केरल स्टोरी’माथि प्रतिबन्ध

मुम्बई - भारतको पश्चिम बंगालमा प्रतिबन्धमा परेको फिल्म ‘केरल स्टोरी’ बेलायतमा पनि सेन्सर फेल भएको छ । ब्रिटिश बोर्ड अफ क्लालिफिकेसनले यो फिल्मलाई सार्वजनिक प्रदर्शनीको अनुमति दिन नसकिने जनाएपछि यो फिल्म बेलायतमा रिलिज नहुने भएको छ ।
बेलायतमा यो फिल्म गत शुक्रबार रिलिज गर्ने गरी टिकक बुकिङ पनि खुल्ला गरिएको थियो । अहिले त्यहाँको वर्गीकरण गर्ने निकायले फिल्म कुन उमेर समूहका लागि देखाउन दिने भन्ने निर्णय गर्न नसकेकाले केरल स्टोरी’ तत्कालका लागि बेलायतमा नचल्ने भएको हो ।
यो फिल्म बेलायतका ३१ वटा हलमा प्रदर्शन हुने तयारीमा थियो । वेबसाइटमार्फत फिल्मको टिकट पनि बिक्री भइसकेको थियो । तर अन्तिममा वर्गीकरण नपाएपछि सिनेमा हलले टिकटको पैसा फिर्ता गरिरहेका छन् ।
मुस्लिम समुदायलाई जानाजान गलत देखाएको भन्दै भारतमा यो फिल्मको सुरुदेखि नै विरोध भइरहेको थियो । फिल्मको प्रदर्शनमाथि रोक लगाउनु पर्ने मागसहित सर्वोच्च अदालतमा उजुरी पनि परेको थियो । तर सर्वोच्चले फिल्म रोक्नुपर्ने कुनै कारण नरहेको बताएको थियो ।
सुदीप्तो सेन निर्देशित यो फिल्मले केरलामा विद्यमान लव जेहादको विषयलाई प्रस्तुत गरेको छ । सँगै फिल्मले कसरीे केरलाका युवतीलाई धर्म परिवर्तन गराएर आतंकवादी काम संलग्न गराउने गरेको कथा पनि प्रस्तुत गर्छ । विवादका बीच फिल्मले भारतमा पहिलो हप्ता नै सय करोड ज्यादा व्यापार गरेको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया