तरुण दलले भन्यो : आरजु राणाको चरित्रहत्या भयो

काठमाडौँ- नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले नक्कली भुटानी शरणार्थी प्रकरणमा सांसद डा. आरजु राणा देउवालाई जोडेर चरित्र हत्या गरेको भन्दै आपत्ति जनाएको छ ।
काठमाडौँ उपत्यका बाहिरका कार्यक्रममा सहभागी हुन गएका बेला केही सञ्चारमाध्यमले राणा विदेश भागेको समाचार प्रकाशन तथा प्रशारण गरेपछि तरुण दलले आइतबार विज्ञप्ति निकालेर आपत्ति जनाएको हो।
‘नेपाली कांग्रेसका केन्द्रीय सदस्य माननीय सांसद डा. आरजु राणा देउवाज्यूको विभिन्न सञ्चारमाध्यममा विदेश भागेको र व्यक्तिगत चरित्र हत्या गर्ने खालको अनर्गल कुराहरु प्रति नेपाल तरुण दल केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ अध्यक्ष विद्धान गुरुङद्वारा जारी विज्ञप्तिमा लेखिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरण प्रहरी अनुसन्धानमै रहेको हुँदा ठोस प्रमाणबिना कसैप्रति लाञ्छना लगाउनु गम्भीर अपराध भएको गुरुङले बताएका छन् । उनले सबै सरोकारवालाहरूलाई सचेत रहन पनि आग्रह गरेका छन्।
तरुण दलले जारी अनुसन्धानलाई यथाशीघ्र टुंगोमा पुर्याउन सरकार, गृह मन्त्रालय र नेपाल प्रहरीलाई आग्रह गर्दै अनुसन्धानमा संगठनको पूर्ण सहयोग रहने पनि बताएको छ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया