हत्कडीसहित फरार बलात्कारका अभियुक्त ६ दिनपछि पक्राउ

सुर्खेत । ६ दिनअघि हत्कडीसहित फरार भएका बलात्कार अभियुक्त शंक बुढा आज बिहान पुनः पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटले उनलाई पलाँता गाउँपालिका–७स्थित दुर्सी खोलाबाट उनलाई पक्राउ गरेको हो । यसअघि अभियुक्त पक्राउ गर्न गएका प्रहरीमाथि नै ढुंगामुढा भएपछि पक्राउ नगरी फर्किएका थिए ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक शिवराज बमले भाग्दै गरेको अवस्थामा बुढालाई पक्राउ गरिएको बताए । पक्राउ गरिएका बुढालाई सदरमुकाम ल्याउँदै गरेको उनले जनाए ।
जिल्लाको पलाँता गाउँपालिका–६ सैनका बलात्कार आरोपी ३१ वर्षीय बुढालाई यही वैशाख २५ गते प्रहरी पक्राउ गर्न गएका बेला स्थानीय र बुढाका आफन्तले प्रहरी माथि ढंगामुढा गरेका थिए।
बुढाले गत असोज ३१ गते गाउँकै एक महिलामाथि बलात्कार गरेको आरोप लागेको छ । पीडित परिवारले गएको कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थियो । त्यसयता उनी फरार हुँदै आएका थिए । पक्राउ गर्न गएका प्रहरीमाथि ढुंगामुढा प्रहार हुँदा आरोपी फरार हुँदै आएका थिए ।
प्रहरीमाथि ढुंगामुढा प्रहार हुँदा एक जना सहायक प्रहरी निरीक्षक र एक जना पीडितका आफन्त घाइते भएका थिए ।

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

प्रतिक्रिया