भारतमा कोभिड संक्रमणदर घट्यो, मृत्युदर घटेन

नयाँ दिल्ली : भारतमा कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा पछिल्ला केही दिनदेखि कमी आएको छैन ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार १२० जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५८ हजार ३१७ जनाको ज्यान गइसकेको छ ।
मन्त्रालयका अनुसार दैनिक कोभिड-१९ का संक्रमितको संख्यामा भने केही कमी आएको छ । पछिल्लो चौबीस घण्टामा भारतमा तीन लाख ६२ हजार ७२७ जना नयाँ संक्रमित थपिएका छन् भने तीन लाख ५२ हजार संक्रमणमुक्त भएका छन् ।
भारतमा हालसम्म दुई करोड ३७ हजार व्यक्ति कोभिड-१९ बाट संक्रमित भएका छन् जसमध्ये एक करोड ९७ लाख ३४ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । हाल भारतमा ३७ लाख १० हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् ।
भारतको राजधानी नयाँ दिल्ली, मुम्बई समेतका ठूला शहरमा कोरोनाभाइरसबाट पीडित बिरामीको उपचारमा ठूलो संकट उत्पन्न भएको छ । विभिन्न प्रमुख शहर एवं राज्यमा स्थानीय तहमा सरकारले पूर्ण लकडाउन, आंशिक लकडाउन, प्रतिबन्ध, कफ्र्यु समेतका उपायहरु घोषणा गरे पनि केन्द्र सरकारले देशव्यापी लकडाउन गर्न अस्वीकार गरेको छ ।
सरकारले कोभिड-१९ विरुद्धको खोपलाई पनि तिब्र गतिमा अगाडि बढाएको छ । देशव्यापी रुपमा पर्याप्त खोप नभए पनि सरकारले १८ वर्षदेखि माथिका सबै नागरिकलाई खोप उपलब्ध गराउन शुरु गरेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हालसम्म १७ करोड ७२ लाख व्यक्तिले खोप लगाएका छन् । (एएनआई)

शीर्ष गणित प्रतियोगितामा मानिसबाट एआई पराजित

हरेक वर्षको गर्मीमा हराउँछन् चिनियाँ राष्ट्रपति सी, यस्तो छ रहस्य

रूस र युक्रेनबीच टर्कीमा आज तेस्रो चरणको वार्ता हुँदै

पाकिस्तानमा मनसुन प्रकोप: जनजीवन अस्तव्यस्त, सयौं प्रभावित

गाजामा भएको इजरायली आक्रमणमा १५ जनाको मृत्यु
चीनमा रोजगारीको अवस्था सुदृढ, आर्थिक वृद्धि दर सकारात्मक

अमेरिका युनेस्कोबाट बाहिरियो, इजरायलविरुद्ध पक्षपात गरेको आरोप

प्रतिक्रिया