भाेलिदेखि एमडिएमएस पुन: कार्यान्वयन हुने, अब नयाँ मोबाईल दर्ता अनिवार्य

काठमाडौं– जेठ १ गते देखि मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम एमडिएमएस पुनकार्यान्वयन हुने भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले एक सूचना प्रकाशित गरी सोबारे जानकारी गरेको हो ।
नेपाल दुरसञ्चार प्राधिकरणले सूचना जारी गरी नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभागको २०८० वैशाख २९ गतेको प्रकाशित सूचना “यात्रुले आफ्नो साथमा महसुल सुविधामा ल्याउन पाउने मोबाइल फोन सम्बन्धी” अनुसार नेपालमा प्रयोग हुने मोबाइल सेटलाई अनिवार्य दर्ता गरी व्यवस्थित गर्न २०८० जेठ १ सोमबारबाट एमडिएमएस प्रणाली लागु गरिने जानकारी गराएको हो । अब विदेशबाट आउँदा एक यात्रीले २ ओटा मोबाईल सम्म ल्याउन पाईने व्यवस्था गरेको छ । एमडिएमएस प्रणाली अनधिकृत रुपमा मोबाईल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि होे ।
नेपाल दुरसञ्चार प्राधिकरणले नेपाल सरकारको “निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७” बमोजिम व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेट सम्बन्धित व्यक्ति स्वयंमले एमडिएमएसमा दर्ता गर्न सक्ने जानकारी दिएको छ । व्यक्तिगत प्रायोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाईल सेटहरु एमडिएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ ।
निजी प्रायोजनको लागि ल्याईएको मोबाईल फोनहरु व्यक्ति स्वयंमले राहदानी वा नागरिकता र आगमन/वहिग्रमन छाप देखिने राहदानीको पृष्ठ वा बोडिङ्ग पास कागजातहरु एमडिएमएस प्रणालीमा प्रविष्ट गरी दर्ता गर्ने व्यवस्था गरिएको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_mve9Uo7ePh_clejgu2ljmi9gfl6gglknlysru1ckt6infkrijrgegazzdakru00r5yhe3zd.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया