शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

कृषि बजार उद्याेगग्रामका लागि जग्गा उपलब्ध गराई दिन गुठीलाई ज्ञापन

जनकपुरधाम- कृषि बजार र उद्याेग ग्रामका लागि जग्गा उपलब्ध गराई दिन जनकपुरधाम उद्योग वाणिज्य संघले गुठी संस्थानसँग आग्रह गरेको छ । आइतबार जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको नेतृत्वमा व्यवसायीहरूकाे टोलीले गुठी संस्थान धनुषाका प्रमुख आनन्द कर्माचार्यलाई ज्ञापन पत्र बुझाउँदै आग्रह गरेका हुन् ।

संघका अध्यक्ष महासेठले स्थानीय कृषि उपजकाे व्यवस्थित बजारसहित उद्योग ग्राम स्थापनाका लागि लिजमा कम्तीमा ७ विघा जग्गा उपलब्ध गराई दिन गुठी संस्थानसँग आग्रह गरिएकाे बताए ।

जनकपुरधाम उद्योग वाणिज्य संघले यसअघि २०७८ साल फागुनमा लिखित रूपमा माग गरेका बताउँदै महासेठले भने, 'हाम्राे मागप्रति चासाे नलिएपछि ध्यानाकर्षणका ज्ञापन पत्र बुझाएका छाैं ।'