असिनाले खेतीबाली नष्ट

म्याग्दी- म्याग्दीका विभिन्न ठाउँमा आइतबार दिउँसो परेको असिना पानीले खेतीबाली नष्ट भएपछि कृषि निराश भएका छन् ।
मालिका, रघुगङ्गा, अन्नपूर्ण, मङ्गला गाउँपालिका र बेनी नगरपालिकामा असिनाले आलु, मकै, सुन्तला जात फलफूल र टिम्मुर बालीमा क्षति पुगेपछि कृषक चिन्तित र निराश भएका हुन् । मालिकाको पन्थोक, मगरदाङ, जुग्जा, रुन्मा, रघुगङ्गाको मौवाफाँट, मङ्गलाको कुहुँ, अन्नपूर्णको टिकोटमा हावाहुरीसहितको असिना परेको थियो ।
हुर्कँदै गरेका मकै र आलुका बिरुवा असिनाले चुटेर क्षति गरेको मालिका गाउँपालिका–५ पन्थोकको भीम माविका प्रअ डम्बरबहादुर घर्तिमगरले जानकारी दिए ।
सुन्तला, कागती र टिम्मुरका बटिला असिनाले झारेको छ । ब्याडमा हुर्कँदै गरेको धानका बेर्नालाई पनि असिनाले चुटेको छ । पन्थोक क्षेत्रमा परेको असिना तीन घन्टासम्म जमेको थियो ।
मकै म्याग्दीको प्रमुख खाद्यबाली हो । आलु र सुन्तला म्याग्दीबाट निकासी हुने मुख्य कृषि उपज हुन् । यसपालि हिउँ र बर्सात नहुँदा जौ, गहुँ, उवा, तोरी, केराउलगायत हिउँदेबालीको उत्पादनमा असर परेको छ ।
क्षतिको पूर्ण विवरण आई नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ । स्थानीय तहका कृषि प्राविधिकहरूलाई क्षतिको विवरण सङ्कलनका लागि परिचालन गरिएको केन्द्रका प्रमुख किरण सिग्देलले बताए ।

गौशालाका लागि १७ रोपनी जग्गा प्रदान

प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलुखेती

सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?

मखनटोलमा लागेको आगो निभाइयो

‘नेपालमा कृषि बिमा’ सम्बन्धी पुस्तक बजारमा

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

तामाखानी उत्खननका लागि खोजतालस सुरु

प्रतिक्रिया