एमालेले मधेश सरकारबाट समर्थन फिर्ता लियो

जनकपुरधाम- नेकपा एमालेले मधेश सरकारबाट समर्थन फिर्ता लिएको छ । प्रदेशकाे सबैभन्दा ठूलो दलकाे रूपमा रहेकाे नेकपा एमाले सरकारबाट बाहिरिएको लामो समयपछि समर्थन फिर्ता लिएको हो ।
समर्थन फिर्ता लिएको जानकारी एमाले संसदीय दलले लिखित रूपमा प्रदेश प्रमुख हरिशंकर मिश्रलाई सोमबार साँझ जानकारी गराएको संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिएका छन् ।
मधेश सरकारमा चार वटा मन्त्रालय सम्हाल्दै आएको एमाले गत चैत २ गते नै सरकारबाट बाहिरिए पनि सरकारलाई भने समर्थन कायमै राखेको थियो । पार्टी नेतृत्व पंक्तिबाट आदेश आएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
गत पुस १० मा बनेको सात दलको गठबन्धन अनुसार एमाले केन्द्रसँगै मधेश प्रदेश सरकारमा सहभागी भएको थियो । राष्ट्रपति निर्वाचनमा माओवादीले गठबन्धन बदलेसँगै केन्द्र सरकारबाट बाहिरिएको एमालेले चैत २ गते मधेश सरकार छोडेको थियो ।
मधेश प्रदेश सभामा एमालेको २५ प्रदेश सभा सदस्य रहेका छन् । यता कांग्रेसको २२, लोसपाको ९ र एकीकृत समाजवादीको ७ प्रदेस सभा सदस्य रहेका छा् । यी तीनै दल सरकारमा सहभागी हुन तयार रहेका छन् ।

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

मिथिलामा गुरु पूर्णिमा पर्व मनाइँदै

लहानमा अवैध क्लिनिकहरूमाथि कडाइ, कानुनी दायरामा ल्याउने

प्रतिक्रिया