यो साल किम्फ नहुने

काठमाडौँ - विगत २२ वर्षदेखि आयोजना हुँदै आएको काठमाडौँ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल सन् २०२३ मा नहुने भएको छ । आयोजक हिमाल एसोसिएसनले फेस्टिभलमा नयाँ ढाँचामा अगाडि बढाउने निर्णय अनुरुप यो साल फेस्टिभल स्थगन गर्ने निर्णय गरेको हो ।
फेस्टिभल नभए पनि कार्यशाला, प्रशिक्षण तथा डकल्याब स्क्रिनिङका काम भने निरन्तर रुपमा आयोजना हुने किम्फले विज्ञप्तिमा जनाएको छ । विज्ञप्तिमा फिल्म फेस्टिभल र आयोजकले आफ्नै संरचनामा पनि पुनर्विचार गर्नुपर्ने मननसहित यो साललाई फेस्टिभल रोक्ने निर्णय गर्नुपरेको जनाएको छ ।
आयोजकले अर्को वर्ष नयाँ जोश जाँगरका साथ आउने पनि वाचा गरेको छ । पर्वतीय विषयवस्तुमा बनेका फिल्मलाई मौका दिने उद्देश्यसहित फेस्टिभल हरेक साल डिसेम्बर महिनामा आयोजना हुँदै आएको थियो ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया