आरजुको भनिएको अडियो तत्काल छानबिन गर्न नेविसंघको माग

काठमाडौं - नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणाले दिएको उजुरीमाथि तत्काल छानबिन गर्न माग गरेको छ ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले नक्कली अडियो छानबिनको लागि राणाले दिएको उजुरीमाथि तत्काल छानबिन गर्न माग गरेका हुन् । उजुरी दिएको धेरै दिन बित्दा पनि छानबिन हुन नसक्नु दुःखद् रहेको भन्दै उनले तत्काल अडियोको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।
देशकै इज्जतमाथि प्रश्न उठाउने गरी भएको नक्कली शरणार्थी प्रकरणमा सत्य सूचना थाहा पाउनु नागरिकको अधिकार रहेको उल्लेख गर्दै नेविसंघले शरणार्थी प्रकरणलाई लिएर निराधार र अपुष्ट सूचनाका कारण सञ्चारमाध्यमकै विश्वसनियतामा गम्भीर प्रश्न खडा भएको जनाएको छ ।
त्यसैले, नागरिकको सो अधिकारको सम्मान गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गरी नागरिकलाई झुठो अफवाह र गलत सूचनाबाट दिग्भ्रमित हुनबाट रोक्नका निम्ति सञ्चारमाध्यमको भूमिका थप प्रभावकारी बनाउन नेविसंघले जारी गरेको विज्ञप्तिमा आग्रह गरिएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया